मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत ११ बुधबार ०८:४३:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

वृद्धवृद्धामा कोरोना पुनः संक्रमण दर घट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत ११ बुधबार ०८:४३:००

विभिन्न मेडिकल रिपोर्टहरूका अनुसार ६५ वर्षमाथि उमेर समूहका व्यक्तिमा कोभिड पुनः संक्रमण हुने जोखिम निकै नै हुन्छ । एकपटक कोभिड भइसकेकामध्ये ५० प्रतिशत वृद्धवृद्धामा पुनः संक्रमणको जोखिम ८० प्रतिशतसम्म हुने अध्ययनहरूले उल्लेख गरेका छन् । महामारीबीचमा भएका यस्ता अध्ययनहरूको रिपोर्ट ल्यान्सेटमा हालै प्रकाशित भएको छ ।

यसैबीच आइतबार प्रकाशित एक अध्ययनअनुसार संक्रमण र मृत्युदर घट्दै गएपछि वृद्धवृद्धामा पुनः संक्रमणको दर पनि घटेको छ । सामान्यतया दोस्रोपटकको संक्रमण एसिम्टोम्याटिक र माइल्ड सिम्टोम्याटिक भएको पाइन्छ । पहिलो संक्रमणका वेला केही प्रतिशत एन्टिबडी उत्पादन भइसक्ने हुँदा अपवादबाहेक पुनः संक्रमण भइहाले पनि सिभियर हुने सम्भावना कम रहन्छ । यस्तै पछिल्लो समय भ्याक्सिनेसन कार्यक्रमले गर्दासमेत पुनः संक्रमण दर घटेको विज्ञहरू बताउँछन् । 

केही विज्ञले अधिकांशले कोरोना पुनः परीक्षण नगर्ने, सबै स्थानमा चेकजाँच सेवा उपलब्ध नहुनु र अधिकांशमा सामान्य लक्षण मात्रै देखिने हुँदा पनि संक्रमण दर घटेको हुन सक्ने बताएका छन् । यद्यपि, पुनः संक्रमण भएर सिभियर बिरामी पर्ने केसहरू अस्पतालहरूमा दुर्लभजस्तै छन् ।

डेनमार्कको सेरम इन्स्टिच्युटले गरेको पछिल्लो अध्ययनअनुसार ६५ वर्षमाथिको उमेर समूहमा अन्य दीर्घरोगको समस्यासमेत हुने हुँदा पुनः संक्रमणको जोखिम बढी नै हुन्छ । तर, पछिल्लो समय डेनमार्कमा ७० प्रतिशतमा फ्री कोरोना परीक्षण गरिएको थियो । जसमा एकदमै न्यून प्रतिशतमा मात्र पुनः संक्रमण देखिएको छ । खासगरी महामारीको सुरुवातको समयमा संक्रमित भएकाहरूलाई केन्द्रित गरी परीक्षण गरिएको थियो । बिस्तारै संक्रमण दर घट्दै गएको र गम्भीर समस्या देखिने केसहरूसमेत घट्दै जानु खुसीको खबर भएको भाइरोलोजिस्टहरूले बताएका छन् । 

वासिंटन युनिभर्सिटीका इम्युनोलोजिस्ट म्यारियन पेपरका अनुसार केही वृद्धवृद्धामा सामान्य लक्षण देखिए पनि ८० प्रतिशतमा दोस्रोपटक संक्रमण हुने दर घटेको छ । शरीरमा एकपटक भाइरस संक्रमण भएपछि भाइरसविरुद्ध एन्टिबडी उत्पादन भइसकेको हुन्छ । जसले कम्तीमा तीन महिनासम्म काम गर्न सक्ने उनको भनाइ छ । यस्तै भ्याक्सिनेसन अभियानले समेत यसमा सहयोग गरिरहेको हुन सक्छ । 
 एजेन्सीको सहयोगमा