मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ चैत ११ बुधबार ०८:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा चितुवाको छाला र हड्डीसहित एक युवक पक्राउ

Read Time : < 1 मिनेट
२०७७ चैत ११ बुधबार ०८:२६:००

जिल्ला प्रहरी कार्यालय लमजुङले चितुवाको छाला र हड्डीसहित एक युवालाई पक्राउ गरेको छ । प्रहरीले दोर्दी गाउँपालिका- ६ सिमीका ३४ वर्षीय मनराज गुरुङलाई पक्राउ गरेको हो  ।  

लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाका अनुसार चैत ९ गते सोमबार राति ९ बजे सिमी गाउँबाटै गुरुङलाई पक्राउ गरिएको हो ।

सादा पोसाकमा गएको प्रहरी टोलीले गुरुङसँग चितुवाको छाला र हड्डी किन्न खोजेको र उनले ३५ हजार रुपैयाँमा बिक्री गर्ने बताएपछि छाला र हड्डी बोकाएर ल्याउँदै गर्दा  उनलाई नियन्त्रणमा लिइएको डिएसपी थापााको भनाइ छ ।   

उनकाे साथबाट अवैध चितुवाको छाला र हड्डी फेला परेकाले अदालतबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको डिभिजन वन कार्यालय लमजुङका सहायक डिभिजन वन अधिकृत राजकुमार श्रेष्ठले बताए  ।