मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ चैत १० मंगलबार १६:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शेरबहादुर देउवा भन्छन्– विजय गच्छदारलाई फसाइयो, कांग्रेसलाई दुःख दिनेलाई छोड्दैनौँ

Read Time : < 1 मिनेट
२०७७ चैत १० मंगलबार १६:३१:००

कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति विजय गच्छदारलाई फसाउने काम भएको भन्दै न्याय पाउने विश्वास लिएका छन् । ५६औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा नेपाल दलित संघले सुनसरीको धरानमा मंगलबार आयोजना गरेको ‘समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रमको उदघाटन समारोहमा देउवाले भने, ‘विजय गच्छदार हाम्रो पार्टीको नेता हो, उहाँलाई फसाइएको छ, मलाई विश्वास छ, उहाँले न्याय पाउनुुहुनेछ ।’

उनले कम्युनिस्ट सरकारको प्रभावमा प्रहरी र सरकारी कर्मचारीले कांग्रेसका कार्यकर्तालाई दुःख दिएको भन्दै आक्रोश पोखे । ‘जनताको करबाट तलब खाएर पार्टीको काम गर्ने ?’ झोक्किँदै देउवाले भने, ‘हाम्रो पार्टीको साथीलाई दुःख दिनेलाई छोड्दैनौँ, छोड्दैनौँ, छोड्दैनौँ ।’ 

देउवाले आफूले चाहेर पनि प्रधानमन्त्री बन्ने अवस्था नरहेकोसमेत बताए । उनले भने, ‘शेरबहादुरले प्रधानमन्त्री खाएन–खाएन भन्ने हल्ला छ, तर त्यस्तो होइन, सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र दुइटा पार्टी भए, अहिले बहुमतको सरकार छ । बहुमतको सरकार हुँदाहुँदै मैले चाहेर प्रधानमन्त्री हुने हो र ? त्यसैले मैले चाहेर पनि हुँदैन । शेरबहादुरले प्रधानमन्त्री खाँदै खाएन भन्ने हल्ला छ । खान्छु भनेर मात्रै भएन नि ।’

उनले पार्टी संगठनलाई बलियो बनाउने गरी अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए । ‘जनसम्पर्क बढाएर भोट लिने काम गर्नू,’ उनले भने, ‘कांग्रेसले दलित, महिला, आदिवादी जनजाति सबैको भोट लिएर समावेशी सरकार बनाउनुपर्छ । आगामी चुनावमा बहुमत ल्याउने गरी जनसम्पर्क बढाउनुस् ।’