१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत १० मंगलबार १३:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीलाई यो संसद्सँग बदला लिनुछ : गगन थापा (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत १० मंगलबार १३:५३:००

कांग्रेस नेता गगन थापाले यो सरकार रहुन्जेल प्रधानमन्त्रीले संसद्सँग बदला लिने बताएका छन् । संसद्को तिरस्कार, अपमान र उपेक्षा गर्ने काम अझै  बढ्दै जाने उनले बताए ।

थापाले मंगलबार प्रतिनिधिसभाको बैठकमा भने, ‘हामी स्पष्ट छौँ, जति दिन यो सरकार रहन्छ संसद्को तिरस्कार, अपमान  र उपेक्षा गर्ने काम अझै बढ्दै जान्छ । किनकि प्रधानमन्त्रीलाई यो संसद्सँग बदला लिनुछ । हामी हाम्रो ठाउँबाट डटेर संसद्को गरिमा कायम राख्नका निम्ति लड्नेछौँ । बाँकी जिम्मा जनताको हो । यथोचित समयमा जनताले यसको हिसाबकिताब गर्नेछन् । किनकि यो संसद् र सांसदको अपमान, यो लोगो लगाउने केही थान सांसदको अपमान, तिरस्कार र उपेक्षा हाेइन । यो  जनताको अपमान हो जसले यो संसद् बनाएको छ । जसले हामीलाई सांसद बनाएको छ । आफ्नो अपमानको बदला जनताले यथोचित समयमा लिनेछन् । यो संसदभित्र बसेर यसको गरिमा जोगाउन हामी आफ्नो ठाउँबाट डटेर लड्नेछौँ ।’