१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत १० मंगलबार १३:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओलीका कुनै पनि अवैध निर्णय मान्दैनौँ : भीम रावल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत १० मंगलबार १३:५०:००

नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी ओलीले गरेका कुनै पनि अवैध निर्णय नमान्ने चुनौती दिएका छन् । मंगलबार माधवकुमार नेपाल पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले फागुन २८ गते बालुवाटारमा ओलीले गरेका अवैध निर्णयहरू कुनै पनि हालतमा नमान्ने बताएका हुन् ।

उनले ओलीले नवौँ महाधिवेशनको विधान मिचेर केन्द्रीय कमिटीमा नयाँ सदस्य भर्ती गरेको भन्दै यो निर्णय अवैध भएको बताएका छन् । 

‘नवौँ महाधिवेशनको विधानविपरीत अवैध निर्णय गर्ने मान्छेले हामीलाई अनुशासन सिकाउने ?’ भन्दै प्रश्न गरे ।