Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७७ चैत १० मंगलबार १३:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस प्रतिपक्षमै बस्छ, सरकारमा जाँदैन : देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७७ चैत १० मंगलबार १३:४०:००

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी हुन कांग्रेसले मरिहत्ते नगरेको बताएका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले कांग्रेस अहिले प्रतिपक्षमा रहेकाले सरकारमा सहभागी नहुने बताएका हुन्  ।

उनले भने, ‘हाम्रो  पार्टी प्रतिपक्षी भएकाले वर्तमान सरकारमा सहभागी हुँदैन,  जनताले कांग्रेसलाई प्रतिपक्षको भूमिका निर्वाह गर्न आदेश दिएकाले सोहीअनुसार सशक्त भूमिका निर्वाह गर्नेछ ।’