मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ चैत १० मंगलबार १३:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महाकाली नदीमा र्‍याफ्टिङ

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ चैत १० मंगलबार १३:०६:००

कञ्चनपुरको उत्तरी चुरेस्थित महाकाली नदीमा (साहसिक जलयात्रा) र्‍याफ्टिङ गरिएको छ । भीमदत्त नगरपालिकाले महाकाली नदी चुरे क्षेत्रमा सफल (साहसिक जलयात्रा) र्‍याफ्टिङ गरेको हो । भीमदत्त नगरपालिका– ९ मुसेट्टीदेखि सन्तनगरखल्लासम्म १० किलोमिटर नदीमा सफल र्‍याफ्टिङ गरेको छ ।

भीमदत्त नगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष कर्णबहादुर चन्दले पानीको बहुउपयोग गर्नका लागि नगरपालिकाले जलयात्रा गरेको बताए । ‘हामीले पर्यटन विकासका लागि सो क्षेत्रको साइलेन्ट रिभर रोजेका हौँ,’ उपाध्यक्ष चन्दले भने, ‘अहिलेको सफल परीक्षणपछि सरकारी निजी क्षेत्रले नियमित जलयात्रा सञ्चालन गर्नुपर्छ ।’

पानीको सदुपयोगका साथै संरक्षणका लागि नगरपालिकाले पहल गर्नुपर्ने बताउँदै उनले सो क्षेत्रलाई प्राकृतिक पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिए । भीमदत्त नगरपालिका– ९ का वडाध्यक्ष राम नाथले धार्मिक तथा प्राकृतिक रूपमा महत्वपूर्ण रहेको पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीय सरकारले अग्रसर हुनुपर्ने बताए । ‘यो एक धार्मिक ऐतिहासिक पर्यटकीय क्षेत्र नै हो,’ उनले भने, ‘पारि भारतमा पूर्णागिरि मन्दिरवारि नेपालमा सिद्धनाथ मन्दिर छ ।’ 

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले पर्यटन विकासका लागि निजी क्षेत्र हातेमालो गर्न तयार रहेको बताए । अध्यक्ष मल्लले निजी क्षेत्रका तर्फबाट पर्यटन विकासका लागि पहल गर्ने आश्वासन दिए ।