नेपालका लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै टिभिएस वा, वाह्, वाह् ग्राहक योजना ल्याएको छ । कम्पनीले वैशाख ३१ गतेसम्मका लागि यो अफर ल्याएको हो ।
योजनाअन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल वा स्कुटरकोे खरिदमा १० हजार रुपैयाँसम्म पक्का डिस्काउन्टको व्यवस्थाका साथै शून्य प्रतिशत ब्याजदर भएको ‘वा’ अफर रहेको जनाइएको छ । साथै, योजनालाई ‘वा’ बाट ‘वाह्’ बनाउन योजनाको समय अवधिमा टिभिएसको कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकमध्ये प्रत्येक १५ दिनमा १ जना भाग्यशाली ग्राहकलाई एउटा नयाँ टिभिएस अपाचे आरआर ३१० उपहारस्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।
योजनाअनुसार ‘वा’ बाट ‘वाह्’ हुँदै ‘वाह्ह्’का लागि एकजना भाग्यशाली ग्राहकलाई बम्पर उपहारस्वरूप स्ट्यान्डर्ड एमटी भर्जनको नयाँ प्रोटोन सागा प्रदान गरिने कम्पनीले जनाएको छ । योजना देशभरका सबै टिभिएस सोरुममा लागू हुने जनाइएको छ ।
कम्पनीले देशभरमा १ सयभन्दा बढी डिलरमार्फत मोटरसाइकल तथा स्कुटरहरू बिक्री तथा बिक्रीपछिको सेवा र जगेडा पार्टपुर्जा उपलब्ध गराउँदै आएको जनाएको छ ।