Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १० मंगलबार ०८:२२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल बैंकको अगुवाइमा ठूलो खोला जलविद्युत् आयोजनामा लगानी गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १० मंगलबार ०८:२२:००

निजी क्षेत्रको लगानीबाट निर्माणकार्य सुरु हुन लागेको २१.३ मेगावाटको ठूलो खोला जलविद्युत् आयोजनाका लागि वित्तीय स्रोत जुटेको छ । आयोजनामा ४ वटा बैंकले लगानी गर्ने भएका हुन् । श्री संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको उक्त जलविद्युत् आयोजना म्याग्दीको रघुगंगा गाउँपालिकास्थित ठूलो खोलामा निर्माण हुने जनाइएको छ । 

३ अर्ब ६० करोड रुपैयाँ लागत हुने उक्त आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाइमा २ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी लगानी हुने बैंकले जनाएको छ । लगानीसम्बन्धी सम्झौतामा ऋणीका तर्फबाट संयुक्त ऊर्जाका अध्यक्ष डा. बद्री केसी तथा बैंकहरूका तर्फबाट नेपाल बैंकका निमित्त नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले हस्ताक्षर गरेको जनाइएको छ । 

उक्त आयोजनामा नेपाल बैंकले ७५ करोड १२ लाख ५२ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ६६ करोड रुपैयाँ, सिद्धार्थ बैंकले ६४ करोड रुपैयाँ तथा सन्राइज बैंकले ४७ करोड रुपैयाँ लगानी गर्ने गरी वित्तीय प्रबन्ध गरिएको बैंकले जनाएको छ । 
सम्झौतापछि नेपाल बैंककी निमित्त नायब प्रमुख कार्यकारी अधिकृत पन्तले नेपाली बैंकहरू त्यसमा पनि सरकारी स्वामित्वको बैंकले आयोजनाको आर्थिक, प्राविधिक, जोखिमलगायतका विभिन्न पक्षहरूको समग्र विश्लेषण गरी उचित निष्कर्षमा पुगेको र यस आयोजनामा लगानी गर्ने निर्णय निक्षेपकर्ताको रकमको सही उपयोग हुने बताएकी थिइन् । 

संयुक्त ऊर्जाका अध्यक्ष डा. केसीले यस आयोजनामा नेपाल बैंक तथा अन्य बैंकहरूले तीव्रताका साथ गरेको कार्यको सराहना गर्दै निर्माण कार्यलाई चुस्त–दुरुस्त पारी आयोजनालाई नमुनाका रूपमा समयमै र कम लागतमा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।