मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ९ सोमबार १९:१०:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

विभेदविरुद्धको गीत ‘ए... मान्छे’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ९ सोमबार १९:१०:००

विभेदविरुद्ध गायक राज सागरले ‘ए... मान्छे’ बोलको गीत सार्वजनिक गरेका छन् । ५६औँ अन्तर्राष्ट्रिय रंगभेद तथा सबैखाले जातीय विभेद उन्मूलन दिवस २१ मार्चको सन्दर्भमा गजल तथा सुगम गीतका चर्चित गायक राज सागरले सन्देशमूलक गीत सार्वजनिक गरेका हुन् ।

विश्लेषक तथा लेखक आहुतिको शब्द रहेको ‘ए...मान्छे’ विभेदविरुद्धको रचनात्मक आवाज भएको गायक राज सागरको ठम्याइ छ । मर्यादा मिडियाको प्रस्तुति रहेको सांगीतिक भिडियो राजसागरकै संगीतमा तयार पारिएको कोसेली हो ।

अझै पनि जातले नेपाली समाजमा मानिसको सामाजिक हैसियत नाप्ने तुलोको काम गर्दै आइरहेको सन्दर्भमा असमानता र अन्यायको जरो–जातलाई हल्लाउने र उखेलेर फाल्ने प्रयासस्वरूप गीति कोसेली ल्याएको गायक राज सागर बताउँछन् । 

सञ्जीव बराइलीको संगीत संयोजनमा प्रस्तुत गीत भ्वाइस अफ नेपाल स्टुडियोमा रेकर्ड गरिएको हो । भिडियोको निर्देशन श्याम नेपालले गरेका हुन् भने सम्पादन युसब सापकोटाले गरेका हुन् । प्रवीण कार्कीको छायांकन, प्रकाशचन्द्र परियारको परिकल्पना र असीम तिमल्सिनाको ऐक्यबद्धता वाचन रहेको भिडियो मर्यादा टिभी नामक युट्युब च्यानलमार्फत हेर्न सकिनेछ ।