१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ९ सोमबार ०६:३५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘निहार आयुर्वेदिक ठण्डा तेल’ बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ९ सोमबार ०६:३५:००

मेरिको कम्पनीले उत्पादन गर्दै निहार केश तेलमध्ये विशेष उत्पादन ‘निहार आयुर्वेदिक ठण्डा तेल’ नेपालमा बिक्री सुरु भएको छ । कम्पनीले नेपाली उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर यो तेल उत्पादन गरेको हो । 

यो तेलमा पुदिना, ब्राह्मी, जटामासी, अश्वगन्धा, नीलगिरि, लेमन ग्रास, निम, कपुर र नरिवल तेलजस्ता १० आयुर्वेदिक तत्वहरू रहेको जनाइएको छ । यसमा अन्य जडीबुटीहरू पनि रहेकाले अनुपम सम्मिश्रण रहेको कम्पनीको दाबी छ । यो तेलले अहिलेको जीवनशैलीले निम्त्याएको तनावपूर्ण समयमा तनाव कम गर्न तथा मांसपेशी र शरीरलाई आराम प्रदान गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ । 

सबैभन्दा पछिल्लो उत्पादन निहार आयुर्वेदिक ठण्डा तेलले विद्यमान उत्पादनको सूचीलाई व्यापक बनाउने र निहार ब्रान्ड वृद्धि गर्ने लक्ष्य लिएको जनाइएको छ । यो तेल १ सय, २ सय र ५ सय मिलिलिटरमा देशभरका स्टोरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

यो ठण्डा तेलका साथै निहारले नेपाली उपभोक्तालाई आवश्यक पर्ने शान्ति बदाम अमला तेल, निहार ज्यास्मिन नरिवल केश तेल तथा निहार अलमोन्ड तेलजस्ता अन्य प्रकारका केश तेलहरू पनि उपलब्ध गराइरहेको जनाएको छ । निहार ज्यास्मिन नरिवल केश तेलमा नरिवल र मेथीको दोहोरो गुण हुने जनाइएको छ । यसले कपाललाई पोषण दिने र कपाललाई बलियो तथा बाक्लो बनाउने कम्पनीले दाबी गरेको छ । निहार अलमोन्ड तेलमा भिटामिन इको गुण भरपूर रहेकाले रेशमी र मजबुत कपाल बनाउन मद्दत गर्ने जनाइएको छ ।