१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
टोपलाल अर्याल 
२०७५ पौष ४ बुधबार १८:४८:००
Read Time : < 1 मिनेट
प्रदेश

कृषिमा रमाउँदै पूर्व सांसद

Read Time : < 1 मिनेट
टोपलाल अर्याल 
२०७५ पौष ४ बुधबार १८:४८:००

पूर्व सांसद दिलशोभा पुन पछिल्लो समयमा कृषि पेसामा लागेकी छन् । पछिल्लो समय उनी तरकारी उत्पादन तथा पशु पालनमा लागेकी छन् । जनप्रतिनिधिले बिलासी जीवन बिताउँदै आएको भन्दै आलोचना भैइरहेको अवस्थामा उनको कामले नयाँ सन्देश दिएको छ । गुल्मीको धुर्कोट गाउँपालिका, १ नयाँगाउँ निवासी पुन २०७० सालको निर्वाचनमा एमालेको तर्फबाट सांसद बनेकी थिइन् ।

अहिले पुन पार्टीको कुनै जिम्मेवारीमा छैनन् । पार्टीको सिद्धान्तअनुसार आफूले कृषि व्यवसाय सुरु गरेको उनले बताइन् । ‘पार्टीको सिद्धान्त नै आफै श्रम गर्ने हो, नेता सिद्धान्तबाट चले कार्यकर्ताले त्यही सिक्छन्,’ उनले भनिन्, ‘पदमा रहुञ्जेल जनताको सेवा गरियो, अहिले पनि सामुदायिक शिक्षाकै लागि कृषि कर्म थालेँ ।’

अहिले पुनले व्यवसायिक लोकल कुखुरा, गाई तथा बाख्रा पालन सुरु गर्दै आएकी छन् । गत वर्षको गुल्मी महोत्सवमा टर्की देखेकी उनले अहिले टर्कीको व्यावसाय गरेकी छन् । छिटो उत्पादन हुने र बढी मूल्य पर्ने भएकाले व्यवसायिक टर्की पालन सुरु गरेको उनी बताउछिन् । ‘गाउँमा नै टर्की पालन हुने, फाइदाजनक पनि रहेछ,’ पुनले भनिन्, ‘अझै व्यवस्थित गरेर काम गर्ने सोच बनाएको छु ।’

यस्तै पुनले बाख्रा र गाई पालन गर्दै आएकी छन् । उनीले कृषि व्यवसायबाट मासिक एक डेढ लाख आम्दानी गर्दै आएपनि अझै व्यावस्थापन गरेर लगानी बढाउने तयारी गरेको बताइन् ।