मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत ८ आइतबार १०:००:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

खोप लगाएको दुई दिनपछि पाकिस्तानी प्रधानमन्त्री  इमरान खान संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत ८ आइतबार १०:००:००

पाकिस्तानी प्रधानमन्त्री इमरान खान कोरोना संक्रमित भएका छन् । केही दिनअघि मात्र प्रधानमन्त्री खानले कोरोनाविरुद्धको खोप लगाएका थिए । पाकिस्तानी सूचनामन्त्री सिब्ली फराजले जियो न्युज टेलिभिजनसँगको कुराकानीमा प्रधानमन्त्री खानले खोप लगाउनुअघि सार्वजनिक कार्यक्रममा सक्रिय रहेको बताएका छन् । र, यसैकारण खान संक्रमित भएको उनको भनाइ छ । 

कोभिड–१९ विरुद्धको पहिलो खोप लगाएको दुई दिनपछि खान संक्रमित भएको पुष्टि भएको हो । ६८ वर्षीय प्रधानमन्त्री खानले बिहीबार चीनमा विकास गरिएको सिनोफार्म खोप लगाएका थिए । यता, पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले खान कोरोना संक्रमित भएको पुष्टि गरेको छ । ‘अहिले हामी यति मात्र भन्न सक्छौँ कि प्रधानमन्त्री खानलाई संक्रमण पुष्टि भएको छ र उहाँले आफूलाई अन्य व्यक्तिको सम्पर्कबाट टाढा राख्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ । 

प्रधानमन्त्री खानलाई शनिबार हल्का खोकी र हल्का ज्वरो आएको पुष्टि उनका प्रवक्ता सहबाज गिलले जानकारी दिए । ‘शनिबारै परीक्षण हुँदा कोभिड–१९ संक्रमण पुष्टि भएको हो,’ सहवाजले भने, ‘प्रधानमन्त्रीलाई संक्रमण पुष्टि भएपछि उहाँको निकट रहेका व्यक्तिहरूलाई सावधानी अपनाउन भनिएको छ ।’