मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ चैत ८ आइतबार ०८:४५:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आर्मीलाई सहिद स्मृति गोल्डकप उपाधि

Read Time : < 1 मिनेट
२०७७ चैत ८ आइतबार ०८:४५:००

त्रिभुवन आर्मी फुटबल क्लबले तेस्रो सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हेटौँडा–१० स्थित वनविज्ञान खेलमैदानमा शनिबार भएको फाइनलमा आर्मीले आयोजक मकवानपुर–११ लाई १–० गोलअन्तरले पराजित गर्दै च्याम्पियन ट्रफी उचालेको हो ।

उपाधिसहित च्याम्पियन आर्मीले १० लाख र उपविजेता मकवानपुरले पाँच लाख रुपैयाँ प्राप्त गरेका छन् । आर्मीको जितमा एक मात्र निर्णायक गोल कप्तान टेकबहादुर बुढाथोकीले खेलको ३८औँ मिनेटमा गरेका थिए । फाइनलका म्यान अफ दी म्याच बुढाथोकीले १० हजार रुपैयाँ प्राप्त गरेका छन् । आर्मीका डिफेन्डर र मिडफिल्डरले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पहिलो रोजाइका आठ खेलाडी नहुँदा पनि उपाधि जितेकामा खुसी व्यक्त गरे । मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठले फाइनलमा खेलाडीहरूले खेल्न नसकेको प्रतिक्रिया दिएका छन् । ‘फाइनलमा आर्मीको तुलनामा हामी केही कमजोर देखियौँ । आर्मीले छिटै गोल गर्‍यो,’ श्रेष्ठले भने । 

अमिर सर्वोत्कृष्ट खेलाडी 
मकवानपुरका अमिर श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । उनले रोयल इन्फिल्ड (बुलेट) बाइक पाएका छन् । बाइकको प्रायोजन हेटौँडा स्कुल अफ म्यानेजमेन्टले गरेको हो । यसको मूल्य करिब ६ लाख छ । उनी दर्शक र निर्णायकको मतबाट सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । उनले प्रतियोगिताभर सर्वाधिक तीन गोल गरेका थिए । 

आर्मीका गोलरक्षक विश्वास चौधरी, डिफेन्डर दीपक गुरुङ, मिडफिल्डर सेसेहाङ आङदेम्बे र प्रशिक्षक नवीन न्यौपाने उत्कृष्ट घोषित भए । मकवानपुरका रञ्जन विष्ट उत्कृष्ट फरवार्ड घोषित भए । उत्कृष्टहरूले जनही २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । २७ फागुनबाट सुरु भएको प्रतियोगितामा एक विदेशी टोलीसहित १० क्लबको सहभागिता थियो ।