Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ चैत ७ शनिबार १७:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनताको सेवा गरे चुनाव सजिलै जितिन्छ : शेरबहादुर देउवा

Read Time : < 1 मिनेट
२०७७ चैत ७ शनिबार १७:३२:००

कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली जनता देशको मालिक भएको बताएका छन् । कांग्रेस केन्द्रीय तरुण विभागले स्व. गिरिजाप्रसाद कोइरालाको ११औँ स्मृति दिवसको अवसरमा चितवनको रत्ननगरमा आयोजना गरेको युवा तरुण जागरण अभियानलाई सम्बोधन गर्दै देउवाले देशको मालिक जनता भएको र जनताको सेवा गरे चुनाव सजिलै जितिने बताए । 

देउवाले भने, ‘जनता देशको मालिक हो, त्यसैले सार्वभौमसत्ता सम्पन्न भनिएको हो । जनताले भोट नदिएकाले हामीले हा¥यौँ त्यसकारण आजको दिनमा हामीले जनताले भोट दिने कार्यक्रम गर्नुपर्छ । जनता मालिक हुन्, जनता कसैको नोकर होइनन् । जसले जनताको सेवा ग¥यो त्यसले चुनाव जित्ने हो ।’
 
उनले आफ्ना नेता तथा कार्यकर्तालाई चुनाव जित्न जनताको सुख–दुःखमा साथ दिन निर्देशन दिए । भाषणको भरमा जनताले भोट नहाल्ने भन्दै देउवाले भने– ‘जनताको घर–घरमा जानुहोस्, सुख–दुःखमा साथ दिनुहोस्, जनताका लागि काम गर्नुहोस्, कम्तीमा पनि वर्षको तीनपटक जनताको घरमा पुग्नुभयो भने मलाई विश्वास छ जनताले भोट अवश्य दिनेछन् ।’

दुई वर्षपछि हुने चुनावको तयारीमा लाग्नसमेत उनले नेता तथा कार्यकर्तालाई भनेका छन् । आपसी मतभेद छाडेर अगाडि बढियो भने कांग्रेसलाई बहुमत ल्याउन कसैले नरोक्ने देउवाको भनाइ छ ।