मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ चैत ७ शनिबार १६:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारले शिलान्यास, उद्घाटनमा दैनिकी खेर फाल्यो : गगन थापा

Read Time : < 1 मिनेट
२०७७ चैत ७ शनिबार १६:३५:००

कांग्रेस नेता गगन थापाले सरकारले गर्नुपर्ने काम नगरेर शिलान्यास, उद्घाटनमा दैनिकी खेर फालेको बताएका छन् । कांग्रेस सुर्खेतले शनिबार आयोजना गरेको कार्यक्रममा थापाले सरकारले समृद्धिको नारा दिए पनि जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए । 

देश अहिले संकटबाट गु्रजिरहेको भन्दै थापाले सरकार भने रमिते बनेको आरोप लगाए । ‘नागरिकहरू महासंकटबाट गुज्रिएका छन् । कम्युनिस्टले वर्षौँदेखि कांग्रेसले विकास नगरेको भन्छ ।’ उनले भने, ‘नेकपाको झगडामा जनताको विषय उठेन । नेकपाले देखाएको सपनामा जनता छैन । संमृद्धिको कल्पना खोक्रो थियो ।’ 

कम्युनिस्टहरूले जनतालाई रेल देखाए, तर त्यहाँभित्र जनता नभएको थापाले बताए । ‘लिपुलेक र रसुवागढीमा के भइरहेको छ । त्यस विषयमा नबोल्ने, छलफल नगर्ने र एकपछि अर्काे भ्रष्टाचार गर्ने काम सरकारबाट भयो ।’ उनले भने, ‘जताततै सेटिङमा सरकार लाग्यो ।’ 

अब सरकार बनाउने जिम्मा कांग्रेसको काँधमा आइपुगेको पनि थापाले बताए । जनताले कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्न भने पनि सरकार चलाउने कोही नभएपछि कांग्रेस अग्रसर हुनुपर्ने उनको भनाइ छ । ‘प्रधानमन्त्री बदल्ने अवस्था कांग्रेसको जिम्मामा छ’ उनले भने, ‘हामीले प्रधानमन्त्री बदल्नुपर्छ ।’ 

आफैँ मिल्न नसक्ने कम्युनिस्टले देश चलाउन नसक्ने थापाको जिकिर छ । ‘नेकपा विभाजन हुँदा नेकपा नेताहरूले नै खुसियाली मनाए ।’ उनले भने, ‘कम्युनिस्टहरू आपूm नै मिल्न नसक्नेले देश चलाउन पनि सक्दैनन् ।’