मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत ६ शुक्रबार १८:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हामीहरू पार्टी एकताको पक्षमा छौँ : वरिष्ठ नेता नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत ६ शुक्रबार १८:३०:००

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले हालै भएको राष्ट्रिय भेलामा पनि आफूहरूले पार्टी फुटाउने कुरा नगरेको बताएका हुन् ।

आफूहरू सधैँ पार्टी एकताको पक्षमा रहेको र अदालतको फैसलाअनुसार पुरानै स्थितिमा फर्कनुपरेपछि ०७५ जेठ २ गतेको अवस्थामा पार्टीका सबै संरचनालाई यथावत् सक्रिय पार्न सहमत भए पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली त्यसमा तयार नहुँदा समस्या देखिएको स्पष्ट पारे ।  राष्ट्रिय कार्यकर्ता भेलामा सहभाीलाई कारबाही गर्ने अध्यक्षले चेतावनी दिए पनि कसैको पनि पद र जिम्मेवारी अध्यक्षले खोस्न नसक्ने भन्दै कार्यकर्ताहरूलाई धैर्यता र हिम्मतका साथ पार्टी एकताको पक्षमा उभिन निर्देशन दिए । 

उनले भने, ‘पूर्वएमालेको ठाउँमा फर्किऔँ । कार्यकर्ता भेलामा भनेको कुरा के हो भने, हामी पार्टी फुटाउने होइन । पार्टी एकताबद्ध बनाएर लैजाने हो । ०७५ साल जेठ ३ गते  दुईवटा पार्टी एकताबद्ध भए । एकताबद्ध हुनुभन्दा पहिले जेठ २ गतेसम्म जुनजुन संरचना थिए । जो–जो पदाधिकारी, सदस्य थिए ती सबैलाई यथावत् रूपमा जिम्मा दिनुपर्छ । पार्टी एकताबद्ध भएर अघि बढाउनुपर्छ । तपाई‌ंहरू एमाले पार्टीको हुन्जेल कसैले तपाईंको पद खोस्न सक्तैन ।’

नेता नेपालले सांसदहरूको सवालमा के–कस्तो हुन सक्छ भनेर आफूहरूले परामर्श गरिरहेकाले नआत्तिईकन कम्युनिस्ट एकताको आन्दोलनमा लाग्न पनि निर्देशन दिए । केही समयअघि अध्यक्ष ओली समूहअन्तर्गतको अखिल महिला संघले पनि राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो ।