मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ चैत ६ शुक्रबार १८:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सामान्य रोजगारीका लागि नेपाली श्रमिक बिदेसिने अवस्थाको अन्त्य गरिनुपर्छ : कमल थापा

Read Time : < 1 मिनेट
२०७७ चैत ६ शुक्रबार १८:१३:००

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रोजगारीका लागि प्रचुर सम्भावना भएको नेपालबाट सामान्य रोजगारीका लागि अरबको खाडी र मलेसियाको जंगलमा श्रमिकहरू निर्यात गर्ने अवस्थाको अन्त्य गर्न देशमा उद्योग, कलकारखानाहरू खोल्नेतर्फ राज्यले दीर्घकालीन नीति ल्याएर काम सञ्चालन गर्नुपर्ने बताएका छन् । 

राप्रपानिकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले तत्कालीन समयमा नाफामा चलिरहेका ठूला उद्योगहरूलाई २०४६ पछि निजीकरणका नाममा कौडीको मूल्यमा बिक्री गरेर ठूलो भ्रष्टाचार गरी उद्योगधन्दा तहसनहस पार्दैं श्रमिकहरूलाई समेत विस्थापित बनाएको आरोप लगाए ।  

कम्युनिस्ट र कांग्रेसको अदूरदर्शी आर्थिक नीतिका कारण मुलुकलाई गम्भीर अवस्थामा पुर्‍याइएको दाबी गर्दै थापाले कम्युनिस्ट र कांग्रेसको विकल्प भनेको एक मात्र पार्टी राप्रपा भएकोले राप्रपाले अंगीकार गरेका विचारलाई आमनेपालीको घरदैलोसम्म पुर्‍याएर पार्टीलाई अग्रणी शक्ति बनाउने अभियानमा लाग्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिए ।