मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ चैत ६ शुक्रबार १५:३७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओली संसद्लाई असफल बनाउने प्रयासमा छन् : गगन थापा

Read Time : > 2 मिनेट
२०७७ चैत ६ शुक्रबार १५:३७:००

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली संसद्लाई औचित्यहीन बनाउने प्रयासमा लागेको आरोप लगाएका छन् । पोखरामा शुक्रबार आयोजित नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ गण्डकीको दोस्रो भेला एवं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । प्रधानमन्त्री ओलीलाई देश र जनताको चिन्ताभन्दा पनि आफ्नो सत्ताको मात्र चिन्ता रहेको उनको भनाइ छ । ‘नैतिकता प्रदर्शन गर्ने र राजीनामा दिनुको साटो मैले विघटन गरेको संसद् औचित्यहीन छ भन्ने पार्नमा प्रधानमन्त्रीको ध्यान छ । उहाँ यो संसद्लाई बिजनेस दिन चाहनुहुन्न । जनप्रतिनिधिको थलोलाई उहाँ पंगु बनाउन चाहनुहुन्छ,’ उनले भने ।

जनताले पाँच वर्ष कांग्रेसलाई प्रतिपक्षमा बस्ने र नेकपालाई सत्ता हाँक्ने जिम्मा दिए पनि अब नेकपा नरहेपछि कांग्रेसले सत्ताको नेतृत्व लिनुपर्ने अवस्था आएको उनले विश्लेषण सुनाए । स्वाभाविक रूपमा प्रधानमन्त्री ओलीको कदमलाई विरोध गर्नेहरूको बीचमा सरकार बन्नुपर्ने र त्यसको नेतृत्व कांग्रेसले गर्नुपर्ने पक्षमा आफूहरू रहेको उनले प्रस्ट्याएका छन् । 

जसपा र माओवादी केन्द्रले पनि यस विषयमा तुरुन्त निर्णण लिनुपर्ने र प्रधानमन्त्री ओलीलाई जतिसक्दो चाँडो बिदा गरेर उनले विगारेका विषयलाई सच्याउनुपर्ने नेता थापाले जिकिर गरे । ‘नेपाल कम्युनिस्ट पार्टीले पाँच वर्षका लागि सरकार चलाउने जिम्मा पाएको हो । १८ सय दिनलाई जनताले जिम्मा दिएका हुन् । एउटा व्यक्ति जो सबै चरम अहंकारी र जो आयोग्य छ । मन्द मुस्कानका साथ प्रधानमन्त्रीको दम्भ छ । उहाँमा अलिकति पनि लाज, अप्ठ्यारो र संकोज लाग्ने हो भने तुरुन्त राजीनामा दिनुपर्ने हो । तर, त्यसो गरिरहनुभएको छैन । अब देश र संविधानलाई उहाँबाट थप पीडा नदिनका लागि यथाशक्य चाँडो उहाँलाई बिदा दिनुपर्छ । यसको नेतृत्व पनि अब कांग्रेसले नै गनुपर्छ,’ उनले भने ।

कांग्रेस नेता थापाले थपे, ‘प्रधानमन्त्री ओलीमा अहिले अहिले पनि म सर्वोत्तम हो । म नै सत्य हो । सबै गल्ती–कमजाेरी अरूका हुन् भन्ने लागिरहेको छ । यसमा हाम्रो पनि कमजाेरी छ । हामीलाई देखेर प्रधानमन्त्री डढराउनुपर्ने हो । हामीले त्यो मामलामा हामी कमजाेर भयौँ । प्रधानमन्त्रीको पार्टीभित्रका मानिसको निरीहताले पनि समस्या आएको छ । दुई वर्षसम्म प्रधानमन्त्रीले काम गर्दै गर्दा उहाँहरूले प्रधानमन्त्रीलाई करेक्सन गराउन खोज्नुभएन ।’ 

प्रधानमन्त्रीको अहंकार यो अवस्था ल्याउन प्रचण्ड र माधव नेपालको समेत भूमिका रहेको नेता थापाले अरोप लगाए । उनले प्रधानमन्त्रीका तमाम अपराधमा दुवैले आँखा चिम्लेकोसमेत बताए । ‘दुई वर्षसम्म उहाँहरू पनि केही पाइन्छ कि भनेर बोल्नुभएन । अहिले यो अवस्था आउनुमा उहाँहरू पनि जिम्मेवार हो,’ उनले भने । कोरोना संक्रमणका वेलासमेत प्रधानमन्त्री नेतृत्वको वर्तमान सरकार जिम्मेवार नबनेको उनले सुनाए । कोभिडको महामारीमा बाहिरबाट आउने नागरिकको हवाई टिकटमा समेत सरकारले कमिसन खाएको उनको टिप्पणी थियो । 

‘सरकारले कोराना संक्रमणका वेला जनकपुरबाट सांसद अपहरण गर्‍यो । सरकार पार्टी फुटाउने अध्यादेश ल्यायो । ६ महिनाभित्र संसद् बोलाउने र जनताको जनजीविकालाई सहज बनाउने सवालमा छलफल हुनुपर्ने वेला केपी ओलीले संसद् विघटन गरिदिए । अनि अहिले यो अवस्थामा देशलाई ल्याइपुर्‍याए,’ उनले भने । 

उनले भने, ‘प्रधानमन्त्री केपी ओलीले दलहरू र त्यसका नेतालाई जनताको जनजीविकातर्फ भन्दा पनि अदालत, संविधान, कानुन र सरकारको बारेमा मात्र कुरा कुरा गर्न र सोच्न बाध्य बनाएको तर्क गरे । विश्व समुदाय कोभिडको प्रभावबाट परेको प्रभावलाई कसरी अन्त्य गर्ने भनेर योजना बनाएको छ । तर, हाम्रो प्रधानमन्त्री स्वयं आफैँ समस्या निकालिरहेका छन् ।’ 

‘प्रधानमन्त्रीको सनकले ५–६ महिना जनताको समस्याको विषयमा दलहरू र आफूहरू केन्द्रित हुन नपाएको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले छुकछुक रेल, नेपाली झण्डा, हवाई मार्ग बन्नुमात्र समृद्धि ठान्दा समस्या आएको उनको भनाइ छ । नेता थापाले प्रधानमन्त्रीले मान्छेबारे सपना नै नदेखेको आरोप लगाए । ‘प्रधानमन्त्रीको सपनामा रेल छ । तर, रेलमा चढ्ने सपना मान्छेमा छैन । उहाँको सपना पानी जहाजमा छ । उहाँमा पानी जहाजमा चढ्ने मानिसको बारेमा केही सपना छैन । मानिसविनाको खोक्रो विकास समृद्धि होइन,’ उनले भने ।