१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ६ शुक्रबार १३:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

न्याय सेवाका सचिवको सरुवा र बढुवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ६ शुक्रबार १३:४६:००

न्याय सेवा आयोगको बैठकले न्याय सेवाका सचिवको सरुवा र बढुवा सिफारिस गरेको छ । बिहीबार बसेको बैठकले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा उदयराज सापकोटाको सरुवा गरेको छ ।

मन्त्रालयका सचिव ऋषि राजभण्डारीको न्यायाधीश भएपछि सचिव पद रिक्त थियो । सापकोटा सत्य निरुपण तथा मेलमिलाप आयोगमा कार्यरत थिए ।

त्यस्तै, सहन्यायाधिवक्ता श्यामकुमार भट्टराई र ऊर्जा मन्त्रालयका सहसचिव तोयानाथ अधिकारीको सचिव बढुवामा सिफारिस भएको छ । बैठकले न्याय तथा सरकारी वकिल समूहका केही उपसचिव र अधिकृतको पनि सरुवा गरेको छ ।