मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ५ बिहीबार १६:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चैतको तेस्रो साताभित्र भाडा समायोजन गर्न यातायात व्यवसायीको माग (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ५ बिहीबार १६:३९:००

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मूल्यवृद्धिको आधारमा चैतको तेस्रो साताभित्र भाडा समायोजन गर्न माग गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई बिहीबार ज्ञापनपत्र बुझाउँदै महासंघले भाडा समायोजन नगरिए सवारीसाधन नचलाउने बताएको छ । 

महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक सवारीसाधनहरूलाई म्याद थप गरी सञ्चालनको अनुमति दिन पनि माग गरेको छ । वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्षे अवधि पुगेर पनि हाल सञ्चालन रहेका सवारीसाधनलाई म्याद थप गर्न अनुरोध गरेको हो । 

प्राविधिक जाँचको आधारमा सञ्चालन व्यवस्था गरिदिनुपर्ने महासंघको माग रहेको छ । २० वर्षे सवारीसाधनहरू विस्थापित गरिए नयाँ सवारीसाधनका लागि शतप्रतिशत भन्सार छुट गरिदिनुपर्ने माग रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । 


ज्ञापनपत्र बुझ्दै मन्त्री नेम्वाङले यातायात व्यवस्था विभागसँग आवश्यक छलफल गर्ने प्रतिक्रिया दिएका छन् ।