मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ चैत ५ बिहीबार १०:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दैलेखमा १३ हजारले लगाए कोरोनाको खोप

Read Time : < 1 मिनेट
२०७७ चैत ५ बिहीबार १०:४४:००

सरकारले निःशुल्क रूपमा प्रदान गरेको कोरोना खोप लगाउनेहरूको संख्या दैलेखमा १३ हजार पुगेको छ । दैलेखका ११ वटै पालिकाका सबै स्वास्थ्य संस्थाहरूबाट खोप सेवा उपलब्ध गराइएकोले छुटेका सबै नागरिकहरूले सहजै खोप सेवा लिन स्वास्थ्य सेवा कार्यालय दैलेखले अनुरोध गरेको निमित्त कार्यालय प्रमुख थीरप्रसाद रेग्मीले जानकारी दिए ।

दैलेखमा १३ हजार सात सय ७३ जनाले खोप लगाएका छन् । जसमध्ये सात हजार ५३ पुरुष र ६ हजार सात सय २० जना महिला रहेको स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ । 

‘सबैलाई खोप अभियानमा सामेल हुन हामीले बारम्बार आग्रह गरेका छौँ,’ रेग्मीले जानकारी दिएका छन् । खोप लगाएकामध्ये कसैलाई पनि समस्या नदेखिएको र वृद्धवृद्धाहरूमा खोपले उत्साह थपेको रेग्मीको भनाइ छ ।