१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ५ बिहीबार ०६:२९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई र बोधि होल्डिङबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ५ बिहीबार ०६:२९:००

ग्लोबल आइएमई बैंक लिमिटेड र बोधि होल्डिङ प्राइभेट लिमिटेडबीच ग्राहकलाई सहुलियत ब्याजदरमा आवासीय घरकर्जा प्रवाह गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र बोधि होल्डिङका अध्यक्ष जलेश्वर पाण्डेले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार बोधि होल्डिङ ले ओमसतिया ४, भैरहवा, रुपन्देहीमा निर्माण गर्ने आवासीय घर–निर्माण परियोजनामार्फत घर–जग्गा खरिद गर्न चाहने नेपाली नागरिकलाई बैंकले सहुुलियत ब्याजदरमा घरकर्जा प्रवाह गर्ने जनाइएको छ । । यसका साथै बोधि होल्डिङले निर्माण गर्ने परियोजनाको बैंकिङ पार्टनरका रूपमा पनि रहने बैंकले जनाएको छ ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी यस्ता योजना ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको बैंकले उल्लेख गरेको छ । बैंकले ७५ जिल्लामा २ सय ७० शाखा, २ सय ४२ एटिएम, २ सय ५५ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।