१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ चैत ५ बिहीबार ०७:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

इप्पान र एडभान्सबीच जलविद्युत्का लागि आवश्यक जनशक्ति उत्पादन गर्ने सहमति

Read Time : < 1 मिनेट
२०७७ चैत ५ बिहीबार ०७:००:००

जलविद्युत् आयोजनाका लागि आवश्यक जनशक्ति उत्पादन गरेर प्रयोगात्मक अभ्यास गराइने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल  (इप्पान) र एडभान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टबीच जनशक्ति उत्पादन र प्रयोगका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा इप्पानका अध्यक्ष कृष्ण आचार्य र एडभान्स कलेजका अध्यक्ष रमेश सिल्वालले हस्ताक्षर गरेका छन् । कलेजले उत्पादन गर्ने जनशक्तिलाई आयोजनाले आवश्यकताअनुसार लिनेछन्, अध्ययनरत विद्यार्थीलाई आयोजनामा प्रयोगात्मक अभ्यास गर्न पाउने इप्पानका उपाध्यक्ष आशिष गर्गले बताए । 

कार्यक्रममा इप्पानका अध्यक्ष आचार्यले देशभर १८० वटा आयोजना निर्माणाधीन रहेको र ती आयोजनाको क्षमता ३ हजार मेगावाट रहेको बताए । ‘तर, यी आयोजनालाई निर्माणाधीन अवस्था र निर्माणपछि वर्षौँ सञ्चालनमा रहने अवस्थामा मेसिन जडान, मर्मत गर्ने जनशक्तिको अभाव छ’ उनले भने । 

हाइड्रो र इलेक्ट्रो–मेकानिकल जनशक्तिमा ९० प्रतिशत नै भारतीय र चिनियाँ प्राविधिकमा भर पर्नुपरिरहेको छ । देशभित्रकै शैक्षिक संस्थासँग समझदारी गरेपछि त्यो अभावलाई न्यूनीकरण गर्दै लैजाने उनको भनाइ छ । त्यस्तै, आयोजनामा केही मेसिन बिग्रिँदासमेत हप्तौँसम्म चिनियाँ वा भारतीय कम्पनीको टोली पर्खिएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने इप्पान अध्यक्ष आचार्यले जानकारी दिए । 

कार्यक्रममा एडभान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टका अध्यक्ष रमेशकुमार सिलवालले समझदारीपछि ऊर्जा क्षेत्र र शिक्षा क्षेत्रको सहकार्यमा सहयोग पुग्ने बताए । शिक्षालाई उद्योगसँग जोड्न नसक्दा एकातिर उद्योगको आवश्यकता पूरा नहुने र अर्कोतर्फ उच्च शिक्षा हासिल गरेर पनि रोजगारी नपाउने अवस्था रहेको उनको भनाइ छ ।