मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
ह्यारी फर्गुसन
२०७७ चैत ५ बिहीबार ०९:११:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पुरुषले मौनता तोडे महिला हिंसा कम हुन्छ 

Read Time : > 2 मिनेट
ह्यारी फर्गुसन
२०७७ चैत ५ बिहीबार ०९:११:००

पितृसत्ताबाट पुरुषले सम्मान, प्रतिष्ठा र शक्ति लाभांशका रूपमा प्राप्त गर्छ, त्यसैले ऊ महिला हिंसामा मौन हुन्छ

सराह इभेरार्डको हत्यापछि महिला हिंसाबारे व्यापक बहस भइरहेको छ । महिलाहरू भय, आक्रोश र निराशामा छन् । उनीहरूलाई व्यवहार परिवर्तन गर्न भनिँदै छ । जबकि अधिकांश महिला हिंसा पुरुषबाटै हुन्छन् । त्यसैले अधिकांश पुरुष महिला हिंसामा सामान्यतः मौनता साध्छन् । यसको अर्थ घरेलु तथा यौनहिंसाबाट पुरुषहरू दुखित हुदैनन् भन्नेचाहिँ होइन । स्त्रीद्वेषीप्रति केही पुरुषले सामाजिक मिडियामार्फत आफ्नो असन्तुष्टि पोखेका पनि छन् । आफ्ना नजिकका महिलाप्रति सहानुभूति र समर्थन देखाएका छन् । तर, तिनको प्रतिक्रिया पनि सबै पुरुष हिंस्रक छैनन् भन्ने भावको आएको छ । उनीहरूमा पनि पुरुषहरूलाई दानवीकरण गरियो भन्ने असन्तुष्टि पनि त्यहाँ छ ।

हामीलाई मन परोस् वा नपरोस् सबै पुरुष महिलाका निम्ति खतराको प्रतीक बनेका छन् । यो भनाइले सबै पुरुष सम्भावित बलात्कारी, हत्यारा वा पीडक हुन् भन्ने अर्थ दिँदैन । बरु यसले केही पुरुषका हिंसाले सबै महिलालाई त्रास र संकुचनमा राखेको भाव दिन्छ । किनकि यो पुरुषले चाहिँ बलात्कार, आक्रमण वा हत्याको प्रयास नगर्ला भन्नेमा महिला कहिल्यै सुनिश्चित हुन सक्दिनन् । पितृसत्ताले महिलाहरूलाई सतर्क र अधीनस्थ बनाएर पुरुषलाई नियम बनाउने र त्यसलाई लागू गराउने सामाजिक शक्ति र वैधानिकता दिएको छ ।

पितृसत्ताले शक्तिको सवालमा हिंसा र लैँगिक सम्बन्धलाई दरोसँग गाँस्छ । पितृसत्ताबाट पुरुषले सम्मान, प्रतिष्ठा, आदेश दिने सामथ्र्य लाभांशका रूपमा प्राप्त गर्छ । महिलाको विश्वव्यापी औसत आयु पुरुषको तुलनामा आधा छ । परिणामतः विश्वका दुई हजार ८२५ खर्बपतिमा केवल ११.९ प्रतिशत मात्रै महिला छन् । पुरुषत्वका समाजशास्त्री आरडब्लु कोनेल लैंगिक सोपानमा हिंसा निहित भएकैले यी असमानता भएको ठान्छन् । जसले पुरुषलाई आफ्नो समूहको प्रतिरक्षामा उत्रने हित समूह र महिलालाई परिवर्तनको चाह राख्ने हित समूह बनाएको छ । 

पुरुषले २४ घन्टा मात्रै युद्धविराम गर्ने हो भने त्यो महिलाविरुद्धको हिंसा अन्त्यतर्फको एउटा फलदायी कदम हुनेछ ।

कट्टर महिलावादी एन्ड्रिया डर्किनले भनेकी छिन्– पुरुषले २४ घन्टा मात्रै युद्धविराम गर्ने हो भने त्यो महिलाविरुद्धको हिंसा अन्त्यतर्फको एउटा फलदायी कदम हुनेछ । पुरुषले महिला हिंसा र आफूबारे गम्भीर भएर सोच्ने हो भने व्यवहार परिवर्तन महिलाले होइन, पुरुषले गर्नुपर्ने छ भन्ने थाहा पाउने थिए । तर, पुरुषहरू पुरुष हिंसाबारे कुरा गर्न बिलकुलै इन्कार गर्छन् । यो इन्कारीमा कुनै चिज छ, जसले पुरुषलाई एकतामा बाँधेको छ र मौन बनाएको छ । अर्काे पुरुषविरुद्ध उभिन दिइरहेको छैन । यो ‘कुनै चिज’लाई कोनेलले पितृसत्तात्मक लाभांशको उपमा दिएकी छन् । यसलाई महिलाको समग्र अधीनताबाट आमरूपमा पुरुषले पाएको लाभांश भनेर बुझ्न सकिन्छ ।

पुरुषत्वको पुनरुत्पादनको मतलब भावना, पीडा, सम्बन्ध आदिबारे खुलेर कुरा गर्ने स्त्रैण चरित्रको अस्वीकारोक्ति हुन्छ । पुरुषहरूले आफ्नो आन्तरिक जीवनबारे मौनता साध्न र नियन्त्रण कायम राख्न सिकेका छन् । एकले अर्काे पुरुषलाई अपमानित वा हिंसा नगर्ने अव्यक्त सहमति बनेको छ । संस्कृतिपिच्छे पुरुषत्वको अवधारणा फरक हुन्छ । वास्तवमा पितृसत्ताले समलैंगिक हिंसा भोगेका पुरुष, अश्वेत वा जातीय अल्पसंख्यक पुरुषलाई महिलाका सवालमा थप हिंस्रक बनाएको छ । किनकि हिंसाले उनीहरूलाई महिलामाथि नियन्त्रणको सामूहिक शक्ति दिन्छ । घरेलु हिंसाका यस्ता केही पीडकमाथिको अनुसन्धानले यस्ता पुरुषले महिलामाथि हैकम जमाउँदा प्रतिशोधको सन्तुष्टि अनुभूति गर्ने गरेको पाइयो । यही कारण डर्किनले पुरुषहरूमाझ युद्धविराम हुने हो भने यसले हिंसालाई बन्द मात्रै गर्नेछैन, त्यसले मालिकीयपनको भावनामाथि पनि चुनौती दिनेछ । मालिकीय भावनाले महिला हिंसामा ठूलो भूमिका खेलेको हुन्छ ।

यसको अर्थ पुरुष नै पितृसत्ताविरुद्ध खुलेर बोल्न लाग्नुपर्छ भन्ने हो । हामीले महिलाको सुरक्षाको मुद्दालाई गम्भीरतासँग लिएका छाैँ भन्ने देखाउन पनि पुरुषहरूले महिला हिंसाविरुद्ध बोल्नुपर्छ । महिलासँग ढस्सिएर नहिँड्ने, महिलालाई कुनै पुरुषले सताए वा उच्छृङ्खल टिप्पणी गरे उसलाई ठाउँका ठाउँ चुनौती दिएर हामी यो काम गर्न सक्छौँ । ह्वाइट रिवन नामक संगठनले यस्तै पुरुष अभियान चलाउँछ । यो संगठनले पुरुषहरूलाई महिला हिंसाविरुद्ध कहिल्यै मौनता नसाध्ने र अनदेखा नगर्ने कसम खुवाउँछ । कार्यस्थल र स्कुलहरूमा सचेतना शिक्षा चलाउँछ । यस्तो कामले पुरुषलाई दानवीकरण गर्दैन, बरु पुरुषहरूलाई लंैगिक सम्बन्ध र शक्तिबारे कुरा गर्ने, सुन्ने प्रक्रियामा संलग्न गराउँछ ।

सामूहिक रूपमा पुरुषले मौनता तोड्ने हो भने त्यसले पितृसत्ताको लाभांशलाई अस्वीकार गर्नेछ, न्याय र सत्यको प्रवर्द्धन गर्नेछ । वास्तविक व्यक्तिगत सुरक्षा महिला र बालबालिकाका लागि मात्रै होइन, पुरुषकै लागि पनि उत्तिकै अहं हुन्छ । यसले व्यक्तिगत सुरक्षाको अवस्थामा सुधार गर्छ । विश्वास, भरोसा र लंैगिक सम्बन्धलाई हार्दिक बनाउँछ । 

(फर्गुसन ब्रिमिंगहाम विश्वविद्यालयका सामाजिक कार्यका प्राध्यापक हुन्)
गार्डियनबाट