१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दीपक अधिकारी काठमाडाैं
२०७७ चैत ५ बिहीबार ०८:४३:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मधुमेहका बिरामीका लागि चार उत्तम खाना

Read Time : > 1 मिनेट
दीपक अधिकारी, काठमाडाैं
२०७७ चैत ५ बिहीबार ०८:४३:००

मघुमेह (सुगर)का बिरामीलाई चिनीयुक्त खाना निषेध छ । यस्ता बिरामीलाई कम जिआई वा ग्लाइसेमिकयुक्त पौष्टिक खाना आवश्यक पर्छ । किनभने जिआईले चिनीको मात्रा छिटो पहिचान गर्छ र शरीरमा चिनीको मात्रा नियन्त्रणमा राख्छ । शरीरमा सुगरको मात्रा नियन्त्रणमा राख्न निम्न प्रकारका खाना खान विज्ञहरूको सुझाब छ । 

१. ब्रोकाउली
ब्रोकाउली क्रुसिफेरस तरकारी हो । यसमा सल्फोराफेन तत्व हुन्छ । सल्फोराफेनले मधुमेह रोग हुनबाट जोगाउँछ । ब्रोकाउलीले शरीरमा चिनीको मात्रा सन्तुलन राख्न मद्दत मात्र गर्दैन, यसले शरीरका अन्य प्रणाली अंगको काममा पनि सहयोग गर्छ । ब्रोकाउली नियमित खाँदा मधुमेहबाट हुन सक्ने क्षति पनि कम गर्छ । ब्रोकाउलीमा रहेको सल्फोराफेनले शरीरमा भएको बिकारलाई हटाउन पनि सहयोग गर्छ । ब्रोकाउलीलाई उसिनेर वा फ्राई गरी खान सकिन्छ । 

२. माछा
स्वास्थ्यका लागि माछा सधैँ राम्रो मानिन्छ । माछामा अत्यधिक प्रोटिन र एलडिएल्स गुण हुन्छ । माछामा भएको फ्याटले एन्टिअक्सिडेन्ट्स नियन्त्रणमा राख्छ । प्रोटिनले शरीरभित्रको विकारलाई हटाउने गर्छ । नियमित रूपमा माछा खाँदा शरीरको तौल एकनास रहन्छ । मुटु तथा स्ट्रोकसम्बन्धी समस्याबाट पनि बचाउँछ । माछा पकाएर वा उसिनेर खान सकिन्छ । 

३. सखरखण्ड
सखरखण्डमा निकै फ्याट र जिएल गुण हुन्छ । यसमा ४६ प्रतिशत मात्र गुलियोपना हुन्छ । फाइबरको मात्रा धेरै हुनाले यो तत्काल भोक मेटाउन पनि सहयोगी हुन्छ । अन्य खानेकुराभन्दा सखरखण्ड धेरै स्वास्थकर भएको विज्ञहरूको भनाइ छ । यसमा रहेको एन्टिमाइक्रोवियल गुणले शरीरभित्रको खराबी नष्ट गर्न मद्दत गर्छ । 

४. ओट्स
हेर्दा सामान्य लाग्न सक्छ । ओट्स नियमित रूपमा खाँदा यसले मधुमेह हुनबाट रक्षा गर्छ । ओट्समा प्रशस्त मात्रामा म्याग्नेसियम गुण हुन्छ । म्याग्नेसियमले शरीरको ग्लुकोज प्रक्रिया एकनास बनाउनुका साथै इन्सुलेन्स विकासमा सहयोग गर्छ । दिनमा कुनै पनि समयमा ओट्स खान राम्रो मानिन्छ । यो खान निकै सजिलो पनि छ । तातोपानी वा मनतातो दूधसँग ओट्स खान सकिन्छ । ओट्समा भिटामिन सीको अतिरिक्त खुराक प्राप्त गर्न ब्लुबेरी थप्न सकिन्छ । 
एजेन्सीको सहयोगमा