मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत ५ बिहीबार ०८:०५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कोरोनाकालमा दक्षिण एसियामा  दुई लाख २८ हजार बालबालिकाको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत ५ बिहीबार ०८:०५:००

दक्षिण एसियामा काेराेना कालमा दुई लाख २८ हजार बालबालिकाको निधन भएको युएनले जनाएको छ । युएनको रिपोर्टअनुसार कोभिड– १९ ले महिला तथा बालबालिका धेरै प्रभावित भएका छन् । 

ज्यान गुमाउने अधिकांश बालबालिका पाँच वर्षमुनिका रहेको रिपोर्टमा उल्लेख छ । महामारीको समयमा बालबालिकाले पौष्टिक आहार तथा खोप नपाउँदा निधन भएको छ । यो समयमा बंगलादेश र नेपालका ८० प्रतिशतले बालबालिकालाई कुपोषणविरुद्धको खोप लगाउन पाएनन् । यसैगरी पाकिस्तानमा ३५ प्रतिशत तथा भारतका ६५ प्रतिशत खोप कार्यक्रमबाट वञ्चित रहे । युएनको रिपोर्टअनुसार २०२० मा विभिन्न खोप लगाउन नपाउँदा बंगलादेशमा १५.४ प्रतिशत, श्रीलंकामा १३ प्रतिशत तथा पाकिस्तानमा २१ प्रतिशत बालबालिकाको निधन भएको थियो । 

अफगानिस्तान, नेपाल, बंगलादेश, भारत, पाकिस्तान तथा श्रीलंकासहित यस क्षेत्रमा एक अर्ब ८० करोड मानिस बसोवास गर्छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दक्षिण एसियामा मात्रै १३ करोड मानिस संक्रमित भएको जनाएको छ । जसमध्ये १३ लाख ८६ हजारको निधन भइसकेको छ । कोभिड महामारी चरम बिन्दुमा पुगेका वेला यस क्षेत्रका अधिकांश सहरमा लकडाउन गरिएको थियो । यद्यपि, अस्पताल, औषधि पसल तथा अत्यावश्यक कार्यालय खुला रहेको युएनद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । 

महामारीले यो क्षेत्रको आर्थिक अवस्था प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा नाजुक बनाएको पनि रिपोर्टमा उल्लेख छ । विशेषतः स्वास्थ्य क्षेत्र, सामाजिक सेवा तथा विद्यालयमा यसको प्रभाव देखिएको छ ।

एजेन्सीकाे सहयाेगमा