मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ चैत ४ बुधबार १४:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डोल्पामा डोजर दुर्घटना, एकको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ चैत ४ बुधबार १४:३१:००

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– २ रुमगाउँनजिकै डोजर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सुलिगार्डबाट फोक्सुन्डो जाने सडक खन्ने क्रममा बुधबार दुर्घटनामा परी जाजरकोट नलगाड नगरपालिका– ११ बस्ने १७ वर्षे हेमराज सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए । 

सिंहको डोजरमा च्यापियर मृत्यु भएको प्रहरीले जनाएको छ । त्रिपुरासुन्दरी नगरपालिका– ११ बस्ने १५ वर्षे एकराज बुढा घाइते भएका छन् । उनको हात र खुट्टामा चोट लागेको छ । 

डोजर अप्रेटर अनमोल सिंह फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । डोजर सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।