मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ४ बुधबार ०७:०७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राष्ट्रिय वाणिज्य बैंकले घटायो व्यावसायिक कर्जाको प्रिमियम दर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ४ बुधबार ०७:०७:००

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ०७७ चैत १ गतेबाट लागू हुने गरी सम्पूर्ण व्यावसायिक चालू पुँजी कर्जाको अधिकतम प्रिमियम दर शून्य दशमलव ५ प्रतिशतले घटाएको छ ।

बैंकले नयाँ तथा पुराना ग्राहकका लागि व्यावसायिक कर्जामा रहेको ३ दशमलव २५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई २ दशमलव ७५ प्रतिशत मात्रै हुने गरी तोकेको हो । 

बैंकले हाइपोथिकेसन, ओभरड्राफ्ट, डिमान्ड लोन, चालू पुँजीजस्ता व्यावसायिक कर्जा प्रवाह गरिरहेको जनाइएको छ । बैंकले निक्षेपमा दिने ब्याजदर वृद्धि गरेको जानकारी दिएको छ । बैंकको ७७ वटै जिल्लामा २ सय ४७ शाखा, २ सय ५ एटिएम र ९८ शाखारहित बैंकिङ रहेको जनाइएको छ ।