मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ४ बुधबार ०८:५१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइक्यासले पायो डिजिटल भुक्तानी प्रदायकको अनुमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ४ बुधबार ०८:५१:००

नेपाल राष्ट्र बैंकले आइक्यास प्रालिलाई नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदान गर्नका लागि अनुमति प्रदान गरेको छ । कम्पनीले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो ।

कम्पनीले राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेसँगै अबको केही दिनमै आफ्नो सेवा सेवाग्राहीमाझ ल्याउने जनाएको छ । चार्टर्ड एकाउन्टेन्ट पदम भट्टराईको नेतृत्वमा स्थापना भएको यो कम्पनीले नेपालमा नगदरहित कारोबारमा जोड दिने गरी डिजिटल भुक्तानी सेवालाई थप परिष्कृत बनाउने र नेपालमा वित्तीय साक्षरतालाई अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाइएको छ । डिजिटल भुक्तानीका अलाबा कम्पनीले आइक्यासलाई डिजिटल बैंकिङकै परिष्कृत रूपमा अगाडि बढाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत भट्टराईले बताए । 

कम्पनीका प्रबन्ध निर्देशक दीपेन्द्र विष्टका अनुसार आइक्यास प्रालिले सञ्चालन गर्ने आइक्यास मोबाइल एप र आइक्यासको वेब प्लेटफर्ममार्फत मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डिटिएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्समार्फत किनिएका सामानको भुक्तानीलगायतका अन्य थुप्रै सेवाहरू लिन सकिने जनाइएको छ ।