मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण २ बिहीबार २१:०९:००
Read Time : < 1 मिनेट
समाचार

नौ किलो लागुऔषधसहित दुई पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण २ बिहीबार २१:०९:००

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले बिहीबार दिउँसो नौ किलोग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ । गजुरी गाउँपालिका–५ देउरालीमा विशेष सुराकीको आधारमा प्रहरीले शङ्का लागि जाँच गर्दा चरेस बनाउन प्रयोग गरिने धुलो नौ किलो फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । 

बा २५ प ५२९३ नम्बरको मोटरसाइकलमा अाउँदै गरेका बेनिघाट रोराङ गाउँपालिका, १ सुन्दरनागीका ३५ वर्षीय विकास तामाङ र सोही स्थान निवासी मोटरसाइकल चालक २१ वर्षीय मनिस लामालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुले चरेस बनाउने धुलो पाउडर लागुऔषध बनाउन लागिएको भन्ने सूचना पाएपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरिएका दुवै जनालाई लागुऔषध नियन्त्रणसम्बन्धी ऐनअनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ । रासस