१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ३ मंगलबार १८:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोभिडले रोजगारीमा पारेको प्रभावबारे संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ३ मंगलबार १८:२०:००

कोभिड– १९ बाट मृत्यु भएका व्यक्तिका परिवार तथा रोजगारी गुमाएका व्यक्तिलाई नेपाल सरकारको तर्फबाट भइरहेको सहयोगबारे जानकारी माग्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । मंगलबार कांग्रेस सांसदहरू डिला संग्रौला, देवप्रसाद तिमल्सिना र रंगमती शाहीले प्रस्ताव दर्ता गराएका हुन् ।

प्रस्तावमा वैदेशिक रोजगारबाट फर्केका र स्वदेशमै बेरोजगार भएका व्यक्तिहरूलाई सरकारले के–कस्तो रोजगारीको व्यवस्था गरेको छ भन्नेबारेमा पनि जानकारी माग गरिएको छ । प्रस्तावमा भनिएको छ, ‘वैदेशिक रोजगारी क्षेत्रमा विद्यमान बेथितिलाई अन्त्य गरी सम्मानित तथा न्यायपूर्ण रोजगारीको वातावरण तयार गर्न तत्काल कदम चल्नुपर्ने आवश्यकता छ । वैदेशिक  रोजगार गुमाएर स्वदेश फर्केका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि प्राथमिकताका आधारमा रोजगारी सिर्जना, तालिम, सहुलियतयुक्त ऋण तथा बजारसमेत सुनिश्चित गर्न एउटा स्पष्ट मार्गचित्र बनाउन सरकारलाई झकझक्याउन संसद्ले पहल गर्न अत्यावश्यक भएकाले यो प्रस्ताव ल्याइएको हो ।’