मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ३ मंगलबार ०६:१६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई बैंकद्वारा डिबेन्चर जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ३ मंगलबार ०६:१६:००

ग्लोबल आइएमई बैंक लिमिटेडले ८.५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७ निष्कासन गरी बिक्री खुला गरेकोे छ । बैंकले ३ अर्ब रुपैयाँबराबरको, १ हजार रुपैयाँ दर अंकित ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।
निष्कासन गरिएको कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँबराबरको १८ लाख कित्ता ऋणपत्र सर्वसाधारण व्यक्तिगत तवरबाट बिक्री गर्ने बैंकले जनाएको छ । 

बाँकी १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्न लागिएको जनाइएको छ । सर्वसाधारणलाई निष्कासन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको जनाइएको छ ।

बैंकद्वारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । ऋणपत्र निष्कासन तथा बिक्री छिटोमा चैत ४ गते र ढिलोमा चैत १६ गतेसम्म बन्द हुने गरी तोकिएको छ ।ऋणपत्रको अवधि १० वर्षको रहेको छ । वार्षिक ८.५ प्रतिशतका दरले अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गरिनेछ । बैंकहरूले मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा प्रस्तावित क्रणपत्रको ब्याजदर अधिक रहेकाले आकर्षक तथा सजिलै बिक्री हुने अवस्थामा रहेको बैंकले जनाएको छ । 

बैंकले ७५ जिल्लामा २ सय ७० शाखा, २ सय ४२ एटिएम, २ सय ५३ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।