१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २ सोमबार १५:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुस्लिम समुदायको थर सूचीकृत गर्छौँ : अध्यक्ष अन्सारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २ सोमबार १५:०६:००

राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचीकृत गर्ने भएको छ । मुस्लिम समुदायभित्र विभिन्न थर रहेका कारण समुदायलाई पहिचान गर्नसमेत गाह्रो भएको भन्दै आयोगले थर सूचीकृत गर्ने भएको हो । 

सोमबार राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगको वार्षिक प्रतिवेदनको विषयमा सञ्चारकर्मीसँग भेटघाट गर्दै आयोगले मुस्लिम समुदायको थर सूचीकृत गर्ने बताएका हुन् । थर सूचीकृत गर्न आर्थिक वर्ष ०७६/७७ मा मोरङ, सुनसरी, सप्तरी, पर्सा, बाँके र पाल्पामा अध्ययनसमेत भएको उनले बताए । हालसम्म ४५ वटा थर फेला पारेको र थप अध्ययन गरेर सार्वजनिक गर्ने उनको भनाइ छ ।

राष्ट्रिय मुस्लिम आयोगले ०७६/७७ मा मुस्लिम समुदायको जनसंख्या बढी भएका ११ जिल्लाका ९१ महिला र ७५ पुरुष गरी एक सय ३१ जनालाई सिलाइकटाइ तालिम, ब्युटिपार्लर तालिम तथा सवारीसाधन मर्मत तालिम प्रदान गरेको जनाएको छ ।

त्यसैगरी ५२ जनालाई लोकसेवा तयारी कक्षा सञ्चालन गरेको अन्सारीको भनाइ छ । मदरसाको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरको अध्ययन गरी मोरङ, सुनसरी, रौतहट, पर्सा, दाङ र स्याङ्जाका दुई सय ३६ मदरसासम्बन्धी तथ्यांक र सूचनाहरू संकलन गरिएको पनि उनले बताए ।