१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ चैत २ सोमबार ०६:०७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

किसानलाई एनसिसी बैंकले कर्जा दिने  

Read Time : < 1 मिनेट
२०७७ चैत २ सोमबार ०६:०७:००

नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसी बैंक)ले चितवनका पशुपालक किसानहरूलाई कर्जा उपलब्ध गराउने भएको छ । चितवन जिल्ला दुग्ध उत्पादक संघ र एनसिसी बैंकबीच व्यावसायिक कृषि तथा पशुपक्षी कर्जासम्बन्धी सम्झौता भएको हो ।

नेपाल राष्ट्र बैंकबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेस्रो संशोधनसहित) अन्तर्गत व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा प्रवाह गर्न बैंकले सहकारी संघसँग समझदारी गरेको हो ।
समझदारीअनुसार दुग्ध उत्पादक संघ चितवनमा आबद्ध दुग्ध कृषक, फार्म र कम्पनीले बैंकमार्फत सहुलियत ब्याजदरमा कर्जा प्राप्त गर्नेछन् ।

उक्त समझदारीपत्रमा जिल्ला दुग्ध उत्पादक संघका अध्यक्ष रत्नमणि न्यौपाने, सचिव किशोर बगाले र एनसिसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार जिल्ला दुग्ध उत्पादक संघमा आबद्ध पशुपालकले १० लाखसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । यस्तै, फार्मले १ करोड र कम्पनीले ५ करोडसम्म सहुलियत ब्याजदरमा ऋण प्राप्त गर्नेछन् ।