१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २ सोमबार ०९:१०:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल सुपर लिगको टोली र मालिकको सूची सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २ सोमबार ०९:१०:००

नेपालमा पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल  प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को टोली र मालिकको घोषणा भएको छ । आयोजक नेपाल स्पोर्टस् म्यानेजमेन्टले आइतबार एक कार्यक्रमबीच सात फ्रेन्चाइज टोली र त्यसका मालिकको सूची सर्वाजनिक गरेको हो ।

फ्रेन्चाइज टोलीमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी र धनगढी क्लब छन् ।एनएसएस अर्को महिना ११ देखि २५ वैशाखसम्म काठमाडौंको दशरथ रंगशालामा हुनेछ । प्रतियोगिता एकल राउन्ड रोविन लिगका आधारमा हुनेछ । प्रतियोगितामा अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोग रहने जनाइएको छ । एनएसएल १ जनवरी २०१९ मा घोषणा भए पनि  दुई वर्षपछि मात्रै एनएसएल हुन लागेको हो । लिगमा अक्सनको माध्यमबाट खेलाडी आबद्ध हुनेछन् । आयोजकले लिगमा विदेशी खेलाडीसमेत समावेश हुने जनाएको छ ।

लिगमा सहमावेश भएको विराटनगर सिटीका मालिक बिसिएफका अनुपरञ्जन भट्टराई हुन् भने काठमाडौं रेजर्सका मालिक यामाहाका सिइओ चिरञ्जीवी शाह हुन् । भाटभटेनी सुपर मार्केटका निर्देशक कामना गुरुङको स्वामित्वमा ललितपुर सिटी रहनेछ । यस्तै, एफसी चितवनका मालिक केमन ग्रुपका सचिन ढकाल, चन्द्र ढकाल तथा हेमराज ढकाल छन् । लक्ष्मी गु्रपका निराकार श्रेष्ठले पोखरा थन्डर्स किनेका छन् । बुटवल लुम्बिनी एफसीका मालिक राजकुमार तिमल्सिना, भीमप्रसाद तिमल्सिना छन् । सुवास शाहीको स्वामित्वमा धनगढी फुटबल क्लब रहेको छ ।