मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २९ शनिबार १५:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओली भन्छन्– प्रतिपक्षमा बस्न पनि तयार छौँ, २० महिनापछि दुईतिहाइ बहुमतसहित सिंहदरबार छिर्छौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २९ शनिबार १५:३७:००

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले आफूलाई पदबाट हटाए पनि २० महिनापछि दुईतिहाइ बहुमतसहित सिंहदरबार प्रवेश गर्ने दाबी गरेका छन् । अखिल नेपाल महिला संघको राष्ट्रिय कार्यकर्ता भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै ओलीले आफू प्रतिपक्षमा बस्न पनि तयार रहेको बताएका छन् । 

‘हटाउन सक्ने भए हटाएर देखाउन्, २० महिनापछि फेरि सूर्य चिह्न भएको एमाले दुईतिहाइ बहुमतका साथ सिंहदरबारको मूल गेटबाट फेरि पस्छ ।’ उनले भने ‘सरकारमा भए देश बनाउछौँ, प्रतिपक्षमा भए देश बनाउने तयारी गर्छौँ ।’

उनले देशको विकास र जनताको समस्या समाधानका लागि आफूले राजनीति गरेको बताए । उनले भने ‘हामी राजनीतिक प्राणी हौँ, हाम्रो गन्तव्य सत्ता, सत्ता, सत्ता होइन, हाम्रो गन्तव्य देशको विकास, जनताको समस्या समाधान गर्दै अगाडि बढ्ने हो ।’ 

ओलीले झलनाथ खनाल र माधवकुमार नेपाल समूहलाई आगामी केन्द्रीय कमिटी बैठकमा सहभागी हुन सार्वजनिक आह्वानसमेत गरे । बैठकमा सहभागी नभए विधानअनुसार अघि बढ्ने चेतावनी पनि उनले दिए ।