मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अनु आचार्य
२०७५ पौष ४ बुधबार १७:२०:००
Read Time : < 1 मिनेट
प्रदेश

नुवाकोटको मैलुङ प्रहरी चौकीमा स्थानीयकाे आक्रमण

Read Time : < 1 मिनेट
अनु आचार्य
२०७५ पौष ४ बुधबार १७:२०:००

माथिल्लो त्रिशुली, १ मा मंगलबार भएकाे चोरीको अभियोगमा चार जना पक्राउ परेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यलयमा लैजादै गर्दा रसुवाको उत्तरगया गाउँपालिका, २ का मैते तामाङ भाग्ने क्रममा त्रिशूली नदीमा पसेर बेपत्ता भएका थिए । तामाङलाई प्रहरीले नदीमा बगाइदिएको भन्दै स्थानीयले विरोध गर्दा प्रहरी र स्थानीयबीच झडप भएकाे छ । 

स्थानीयको आक्रमणबाट दुई जना प्रहरी घाइते भएका छन् भने प्रहरी चौकी र एउटा गाडीमा क्षति पुगेको छ । स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले पाँच राउन्ड हवाइ फायर गरेको छ । घटनामा प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईको टोलीले थप अनुसन्धान गरिरहेकाे प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।