१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २९ शनिबार १३:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपेन्द्र यादव भन्छन्– ओलीलाई सरकारबाट हटाउन हामी र माओवादी केन्द्र सहमत भयौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २९ शनिबार १३:५८:००

नेकपा माओवादी केन्द्र र जसपाबीच प्रधानमन्त्री केपी ओलीलाई सरकारबाट हटाउने मौखिक सहमति भएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा दुई पार्टीका शीर्ष नेताहरू भएको छलफलमा ओलीलाई हटाउने सहमति भएको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । 

यादवले भने ‘माओवादी केन्द्र र हाम्रा मुद्दा उस्तै–उस्तै छन्, हामी छलफलकै क्रममा छौँ । यत्ति हो, ओलीलाई सरकारबाट हटाउन हामी सहमत छौँ ।’ 


अर्का अध्यक्ष महन्थ ठाकुरले छलफल सकारात्मक रहेको बताए । जसपाले यसअघि एमाले र कांग्रेससँग छलफल गरेको थियो ।