Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका मकवानपुर
२०७७ फाल्गुण २९ शनिबार ०९:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बस र ट्रक दुर्घटना हुँदा तीनको मृत्यु, १० घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
२०७७ फाल्गुण २९ शनिबार ०९:०७:००

झापाको काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको ना४अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना६ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बसका चालक वीरगन्ज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वा बस्ने अभयलाल कुसुवाह र भारतको बिहार बस्ने सुनील कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनका  अनुसार, दुर्घटनामा परी गम्भीर घाइते भएका बसचालक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आज बिहान ५ बजे, बसमा सवार अभयलालको उपचारका लागि हेटौँडा अस्पताल ल्याएको र चिकित्सकले मृत घोषणा गरेको र दुर्घटनामा गम्भीर भएका सुनीललाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको र चिकित्सकले मृत घोषणा गरेको हो ।
 
सोही दुर्घटनामा परी ट्रकचालक, सहचालक गरी तीन र बसका सात गरी १० जना घाइते भएका छन् । घाइते सबैको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । उक्त बसमा अन्दाजी ३५ जना यात्रु सवार थिए । तीमध्ये सातजना मात्रै घाइते रहेको जनाइएको छ । उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।  रासस