मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण २८ शुक्रबार १७:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

 गंगाजमुना गाउँपालिकाका इन्जिनियर र लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण २८ शुक्रबार १७:३६:००

धादिङको गंगाजमुना गाउँपालिकाका इन्जिनियर पूजा कार्की र लेखा अधिकृत अर्जुनप्रसाद सापकोटाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । सडकको ट्रयाक खोल्ने ठेक्कामा बिल भुक्तानी र प्राविधिक परीक्षणका लागि ९५ हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीलाई गत फागुन पहिलो साता पक्राउ गरेको थियो ।

अख्तियारका प्रवक्ता नारायणप्रसाद लम्सालका अनुसार अनुसन्धानका क्रममा लेखा अधिकृत सापकोटाको पनि संलग्नता देखिएपछि नियन्त्रणमा लिइएकाेमा शुक्रबार दुवैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

अख्तियारले उनीहरूविरुद्ध ९५ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१०  बमोजम मुद्दा दायर गरिएको हो।