मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २६ बुधबार १९:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाबुरामले भने– ओली अरूको सिकारमा विषाक्त घाँस हाल्दै छन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २६ बुधबार १९:४४:००

पूर्वप्रधानमन्त्री एवं जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली अरूको सिकारमा विषाक्त घाँस हाल्न लागिपरेको बताएका छन् । भट्टराईले बुधबार ट्विट गर्दै ओली नेपाली प्रतिगमनका मुख्य खलनायक भएको पनि बताएका छन् । 

उनले भनेका छन्, ‘अखाद्य वस्तु नखानु प्राणी जगतको शाश्वत स्वभाव हो । तर, नेपाली राजनीतिमा जो ज ेपनि खान किन उद्यत् ? यतिवेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन् । सर्वोच्चका दुवै फैसलापछि उनी एक मिनेट सत्तामा बसिरहने कुनै तुक छैन । उल्टै उनी अरूको सिकारमा विषाक्त घाँस हाल्दै छन् ! किन नबुझेको ? ओली हटाऊँ देश बचाऊँ ।’