मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण २ बिहीबार ०७:४०:००
Read Time : < 1 मिनेट
अर्थ

प्रणय दिवसमा सिटिसी मोबाइल हबको उपहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण २ बिहीबार ०७:४०:००

सिटिसी मोबाइल हबले प्रणय दिवसको उपलक्ष्यमा आइफोन एक्स उपहार वितरण गर्ने भएको छ । यसका साथै मोबाइल हबले प्रणय दिवसका दिन स्मार्टफोन खरिद गर्ने प्रत्येक सेवाग्राहीलाई डिटिसीको सेल्फी मोबाइल उपहार दिने जनाएको छ ।

सुन्धाराको सिटिसी मलमा रहेको मोबाइल हबले आफ्नो फेसबुक पेज लाइक गरी पेजमा राखिएको पोस्टमा सबैभन्दा धेरै लाइक, कमेन्ट तथा सेयर गर्नेलाई आइफोन एक्स उपहार योजनामा सहभागी गराएको छ । प्रणय दिवसका दिन दिउँसो ३ बजे सिटिभी मोबाइल ग्रुपको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी ६४ जिबीको आइफोन एक्स विजेता घोषणा गरिने बताइएको छ । 

साथै, प्रणय दिवसका दिन मोबाइल हबमा कुनै पनि ब्रान्डको स्मार्टफोन खरिद गर्नेलाई एउटा डिटिसीको सेल्फी मोबाइल उपलब्ध गराइने मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए । 

यसका साथै सिटिभी मोबाइल ग्रुपअन्तर्गतका सिटिसी मोबाइल हब सुन्धारा, केएल टावर चाबहिलमा रहेको केएल मोबाइल हब, मर्कान्टाइल प्लाजा दरबारमार्गमा रहेको एप्पल वल्र्ड मोबाइल र ताम्राकार कम्प्लेक्स न्युरोडको पहिलो तलामा रहेको सिटिभी मोबाइलमा मोबाइल एक्सचेन्ज अफर सञ्चालन भइरहेको छ ।