मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २६ बुधबार ०६:४३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल बंगलादेश बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २६ बुधबार ०६:४३:००

नेपाल बंगलादेश बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ । बैंकका कर्मचारी, कर्मचारीका परिवार तथा सम्पूर्ण खातावालले हिमाल डेन्टल हस्पिटलका सबै शाखामा उपचार गर्दा लाग्ने रकमको २० प्रतिशतसम्म छुट पाउने सम्झौता भएको हो ।  

सम्झौतामा बैंककी सहायक महाप्रबन्धक सलोनिका सिंह तथा डेन्टल हस्पिटलका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. राजेन्द्र भट्टले हस्ताक्षर गरेको जनाइएको छ । हिमाल डेन्टल हस्पिटलको काठमाडौं उपत्यकामा ५ तथा उपत्यकाबाहिर ८ वटा हस्पिटल रहेको जनाइएको छ । सबै स्थानबाट छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।  

बंगलादेश बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर तथा ८१ एटिएममार्फत बैंकिङ सुविधा दिँदै आएको जनाएको छ ।