१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ४ बुधबार १७:२७:००
Read Time : < 1 मिनेट
प्रदेश

जानकी मेडिकल कलेजमा अवैधानिक भर्नालाई वैध बनाउन चलखेल : डा. केसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ४ बुधबार १७:२७:००

सर्वोच्च अदालतबाट न्याय प्रक्रिया मिचेर जानकी मेडिकल कलेजमा अवैधानिक भर्नालाई वैध बनाउन भएको चलखेलप्रति ध्यानाकर्षण भएको डा. गोविन्द केसीले बताएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उनले कलेजको भर्ना रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिए पनि सर्वोच्चले चलखेल गरी वैध बनाउन खोजेको बताएका हुन् ।

उच्च अदालत पाटनले निवेदन खारेज गरेपछि अदालतको मानमर्दन हुने गरी पढाइ जारी राख्नु र न्यायिक अभ्यास मिचेर सर्वोच्चमा रिट दर्ता हुनुु अस्वभाविक र शंकास्पद रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सर्वोच्चले मुद्दाको सुनुवाइपछि स्पष्ट विवरण नखुलाई अन्तरिम आदेश जारी भए–नभए उल्लेख नगर्नुले जनताको स्वास्थ्य जोखिममा पर्ने केसीको भनाइ छ ।
 
आवश्यक पूर्वाधार, जनशक्ति र बिरामीको चापबिना विद्यार्थी भर्ना गरेर डिग्रीको सर्टिफिकेट बेचेको केसीको आरोप छ । जानकी लगायतका मेडिकल कलेजलाई आगामी वर्षदेखि शून्य सिट बनाउन र त्यस्ता कलेजको सम्बन्धन खारेज प्रक्रिया सुरु गर्न आइओएम लगायतका निकायको ध्यानाकर्षण समेत गराएका छन् ।

यही पृष्ठभूमिमा अघिल्लो वर्ष उस्तै मुद्दा लिएर अदालत पुगेका मेडिकल कलेजमध्ये पाटन उच्च अदालतले किष्ट र जानकी मेडिकल कलेजको निवेदन अस्वीकार गर्दै अवैध भर्ना रोक्ने आइओएमको कामलाई कानुनसम्म त ठहर्याएको थियो । 

त्यसले वर्षौंपछि मेडिकल शिक्षा सुधारमा न्यायालयले पनि बल पुर्‍याउने आशा जागेको थियो । तर उच्च अदालत जनकपुरले नेसनल मेडिकल कलेजको निवेदनमा कलेजको पक्षमा अन्तरिम आदेश दिएकाले त्यहाँ अवैध भर्ना भएका विद्यार्थीले पढाई जारी राखेकाे विज्ञप्ति उल्लेख रहेको छ ।