१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २५ मंगलबार ०६:३८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हुन्डाई भेन्यु आइएमटी र हुन्डाई भेन्यु १.२ एसप्लस सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २५ मंगलबार ०६:३८:००

हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई भेन्यु आइएमटी र हुन्डाई भेन्यु १.२ एसप्लस सार्वजनिक गरेको छ । कम्पनीले हुन्डाई भेन्यु १.२ एसप्लसको ४४ लाख ५६ हजार रुपैयाँ र हुन्डाई भेन्यु आइएपटीको ४४ लाख ९६ हजार रुपैयाँ सुरुवाती मूल्य तोकेर बिक्री सुरु गरेको हो । 

दुवै प्रकारका गाडी भिन्न–भिन्न इन्जिन अप्सनमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसमा १.२ लिटर पेट्रोल इन्जिन कप्पा डुअल भिटिभिटी टेक्नोलोजीको रहेको जनाइएको छ । यसले ८३ पिएस/६००० आरपिएमको सर्वाधिक पावर प्रदान गर्ने जनाइएको छ । त्यस्तै, अर्को १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल भिटिभिटी टेक्नोलोजीको हुने जनाइएको छ । यसको सर्वाधिक पावर १२० पिएस/६००० आरपिएमको रहने कम्पनीले जनाएको छ ।  

हुन्डाई भेन्युमा स्मार्ट सार्क फिन एन्टिना, टर्न सिग्नल्स भएका विद्युत्ले मिलाउन सकिने रिअर मिरर, इलेक्ट्रिक सन रुफ, आकर्षक क्रोमयुक्त फ्रन्ट ग्रिल तथा स्पोर्टी रुफ रेल रहेको जनाइएको छ । यसको आर१५ डायमन्ड कट एलोई पांग्रा तथा रेयर क्यामराका साथै हिल एसिस्ट कन्ट्रोलले नौलो र उत्साहजनक सवारी अनुभव दिने कम्पनीको दाबी छ ।

भेन्यु १.२ एसप्लसमा बत्तीहरूको जडान सुन्दर तथा आधुनिक रूपमा गरिएको जनाइएको छ । यसअन्तर्गत कर्नरिङ लाइट, प्रोजेक्टर फग लाइट तथा क्रिस्टल इफेक्टसहितको एलइडी डिआरएल लाइट विशेष आकर्षक रहेको कम्पनीको दाबी छ । 
इन्टेलिजेन्ट म्यानुअल ट्रान्समिसन रहेको आइएमटीमा क्लचलेस ड्राइभिङको अनुभव गर्न सकिने कम्पनीले जनाएको छ । यो सेगमेन्टमा नयाँ आइएमटीसँग क्लच प्याडल नभएकाले राम्रो इन्धन दक्षता र फरक ड्राइभिङ अनुभव गर्न पाइने जनाइएको छ । 

दुवै प्रकारको गाडीमा रियोस्ट्याटसहितको एडभान्स सुपरभिजन क्लस्टर, ड्राइभर रेयर भ्यू मिरर, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोलजस्ता विशेषता रहेको जनाइएको छ । यी गाडीमा वायरलेस फोन चार्जर, क्रुज कन्ट्रोल, टेलेमेटिक्ससहितको २०.३२ सेन्टिमिटरको एचडी डिस्प्ले, एयर प्युरिफायर तथा रियर एसिभेन्टजस्ता थप विशेषता रहेको कम्पनीले जनाएको छ ।  लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरि १३ सोेरुम तथा १७ सर्भिस सेन्टरमार्फत हुन्डाई ग्राहकलाई सेवा दिइरहेको जनाएको छ ।