१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २४ सोमबार १८:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संघीय शिक्षा ऐन ल्याउने तयारी : शिक्षामन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २४ सोमबार १८:१९:००

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी गरेको बताएका छन् । वि.सं. २०२८ को शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेकोले सबै विषय समेट्ने गरी संघीय शिक्षा ऐनको तयारी भइरहेको उनले बताए । 

मन्त्री श्रेष्ठले जनताका छोराछोरीलाई सरकारी विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न गुणस्तरीय शिक्षा आवश्यक रहेको र त्यसको लागि सरकारी विद्यालयको सुधार गर्नुपर्नेमा जोड दिए । 

चन्द्रागिरी नगरपालिका– १५ नैकापमा निर्माण हुन लागेको विष्णुदेवी माविको शिलान्यास गर्दै मन्त्री श्रेष्ठले सरकारको पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा नै भएको बताए । 

भारत सरकारकोे ६ करोड ४८ लाखको लागतमा विद्यालय भवन निर्माण हुन लागेको हो । ३२ कोठे विद्यालय भवन निर्माण हुनेछ । ठेकेदार कम्पनीले १५ महिनामा सम्पन्न गर्ने सम्झौता छ । भारतले ७० विद्यालय पुनर्निर्माण गरिरहेको छ । २८ आंगिक क्याम्पस बनाउने तयारी गरेको छ ।