मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ फाल्गुण २४ सोमबार १६:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा मोरङको कार्यालयमा ओली समूहले राख्यो एमालेको बोर्ड

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ फाल्गुण २४ सोमबार १६:०२:००

सर्वोच्च अदालतले एमाले ब्युँताएपछि ओली समूहका नेता तथा कार्यकर्ताले मोरङको पार्टी कार्यालयमा एमालेको बोर्ड राखेका छन् । 

पूर्वएमालेका नेता तथा कार्यकर्ताले सोमबार मोरङको विराटनगर– १२ पाञ्चालीस्थित मदन स्मृति भवनमा नेकपा हटाएर एमालेको बोर्ड राखेका हुन् । पहिले एमाले पार्टी कार्यालय नै रहेको सो भवनमा एकतापछि नेकपाको कार्यालय राखिएको थियो । 

नेकपा जिल्ला कार्यालयलाई नयाँ बोर्ड टाँगेर एमाले कार्यालय घोषणा गर्न पर्यटनमन्त्री भानुभक्त ढकाल, एमाले नेता गुरु बराललगायतका नेता तथा कार्यकर्ता सहभागी भएका थिए । उनीहरूले सर्वोच्च अदालतले एकता भंग गरेर पुरानो एमाले पार्टी ब्युँताइदिएकोमा खुसी साटासाट गरेका थिए ।