Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २३ आइतबार ०९:१३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आयल निगमको थानकोट डिपो सुदृढीकरण सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २३ आइतबार ०९:१३:००

नेपाल आयल निगमको बागमती प्रदेशमा इन्धन वितरण गर्ने थानकोट डिपोको सुदृढीकरण सम्पन्न भएको छ । १० महिनामा सकिएको सुदृढीकरणअन्तर्गत २ सय ट्यांकर अटाउने नयाँ पार्किङ यार्ड, भर्टिकल ट्यांकको रङरोगन, ड्राइभ वे ढलान, लोडिङ–अनलोडिङ सेड निर्माण, चारै किल्ला घेर्ने पर्खाल निर्माणलगायतको काम सकिएको डिपो प्रमुख प्रदीप यादवले जानकारी दिए ।

सुदृढीकरण भएको डिपोको शनिबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गरेका छन् । ‘छोटो समयमा थानकोट डिपोको स्तरोन्नति भएको छ,’ उनले भने । मन्त्री भट्टले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर विरोध हुने गरेको भन्दै अन्य देशमा भइरहेको उतारचढावलाई पनि अध्ययन गर्न आग्रह गरे ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै आयल निगमले पछिल्लो १५–१५ दिनमा मूल्यवृद्धि गरिरहेको छ । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले स्थानीय तहसँग मिलेर पूर्वाधार निर्माणका काममा सहकार्य गर्न निर्देशन दिए । 

आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले थानकोट डिपोको पूर्वाधारले ढुवानी व्यवस्था, पेट्रोलियम व्यवसायी र उपभोक्तालाई नै फाइदा हुने बताए । उनका अनुसार डिपो रि–इन्जिनियरिङअन्तर्गत पहिलो चरणको काम सकिएको हो । दोस्रो चरणमा ४–४ हजार किलोलिटर क्षमताका दुईवटा पेट्रोल भण्डारणगृह र साततले पेट्रोलियम तालिम केन्द्र निर्माणको काम अघि बढाइनेछ ।