Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/एएफपी नाजाफ (इराक)
२०७७ फाल्गुण २२ शनिबार १३:५७:००
Read Time : < 1 मिनेट
विश्व

इसाई धर्मगुरु पोपद्वारा इराकी धार्मिक नेतासँग सम्बन्ध सुधारको प्रयास 

Read Time : < 1 मिनेट
रासस/एएफपी नाजाफ (इराक)
२०७७ फाल्गुण २२ शनिबार १३:५७:००

इसाई धर्मगुरु पोप फ्रान्सीसले मुस्लिम अगुवासँग सम्बन्ध सुधारको प्रयास गर्नुभएको छ । मुस्लिम धार्मिक नेता अयातोल्लाह अलि सिस्तानीसँग उहाँले शनिबार भेटेर सम्बन्ध सुधारका लागि हात फैलाउनु भएको हो ।

उनको यो प्रयास र भेटवार्तालाई आधुनिक धार्मिक इतिहासमै एउटा ऐतिहासिक घटनाका रूपमा लिइएको छ । इराकको भ्रमणमा रहेका पोपले भ्रमणको दोस्रो दिन बिहानै सिस्तानीलाई नाजाफमा रहेको उनकै निवासमा गएर भेटेका हुन् । पहिले नै हुने भनिएको भ्रमण कोरोना भाइरसको महामारीका कारण पछाडि सरेको थियो । यो भ्रमण तथा भेटवार्ता बहुप्रतीक्षित थियो । सिस्तानीलाई भेट्न पोप नाजाफ विमानस्थलमा ओर्लिएका थिए । त्यहाँ उनलाई उच्च सतर्कताका साथ स्वागत गरिएको थियो ।